https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १ गते ।
महोत्तरीकाे गौशाला नगरपालिकामा सिंचाइ कार्यका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको छ । गएराति गौशाला नगरपालिका–१ स्थित ईटाटार चौरीमा सार्वजनिक बोरिङ सञ्चालनका लागि राखिएको ५० केभी क्षमताको ट्रान्सफर्मर अज्ञात समूहले चोरी गरेको हो ।


चोर समूहले ट्रान्सफर्मरको बाहिरी भाग (कभर) भने घटनास्थलमै छाडेर भित्री सामग्रीहरू मात्र निकालेर लगेका छन् । ट्रान्सफर्मर चोरी भएपछि बोरिङमार्फत हुने सिंचाइ सेवा पूर्ण रूपमा प्रभावित भएको छ, जसले स्थानीय किसानहरूलाई समस्या परेको छ ।


घटनाबारे जानकारी पाएपछि स्थानीयहरूले तत्काल इलाका प्रहरी कार्यालय गौशालालाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनाको खोजी कार्य जारी रहेको छ र संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार