https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित ठूलाडिहीमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ ।


प्रहरीका अनुसार ग १ ख ९५६२ नम्बरको बसमा तार सर्ट भएर आगो लागेको हो। बस बाग्लुङबाट स्याङजाको वालिङतर्फ जाँदै थियो र पोखरा आइपुगेपछि घटना भएको बताइएको छ ।


बसमा सवार करिब ४० जना यात्रुको सकुशल उद्धार गरिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिएका छन् ।


घटनाको जानकारी पाउनेबित्तिकै वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी नमराज भट्टराईको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिएको थियो। आगलागीबाट बस पूर्णरूपमा जलेर ठूलो क्षति भएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार