https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, बैशाख १ गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित निगौल गाई गौशालासँग सम्बन्धित जग्गा घटेको विषय र कर्मचारीहरूको भूमिकाबारे स्थानीयवासीहरूले गम्भीर छानबिनको माग तीव्र बनाएका छन् ।


स्थानीयका अनुसार विगतमा करिब २०० विघा क्षेत्रफल रहेको भनिएको गौशालाको जग्गा हाल घटेर करिब १२० विघामा सीमित भएको दाबी गरिएको छ। “यति ठूलो परिमाणमा जग्गा कसरी घट्यो?” भन्ने प्रश्न उठाउँदै उनीहरूले यसमा संलग्न व्यक्ति तथा निकायमाथि निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।


स्थानीयहरूको भनाइमा हाल रहेको जग्गा क्षेत्रफलले गौशालामा रहेका गाईवस्तुलाई आवश्यक हरियो घाँस उपलब्ध गराउनसमेत पर्याप्त नभएको अवस्था देखिएको छ। यसले पशुपालन व्यवस्थापनमा गम्भीर चुनौती थपिएको उनीहरूको गुनासो छ ।


यसैबीच, पुरानो निगौल गाई गौशालाको संरचना जीर्ण बन्दै गएपछि त्यहाँ रहेका गाईवस्तुहरूलाई नवराजपुरतर्फ सारिएको जानकारी प्राप्त भएको छ। यस घटनाले गौशालाको दीर्घकालीन संरक्षण र व्यवस्थापनप्रति थप प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ ।


स्थानीय बासिन्दाहरूले २०४७ सालदेखि हालसम्मका सम्पूर्ण अभिलेखहरू खोतल्दै जग्गाको वास्तविक अवस्था, कर्मचारीहरूको सम्भावित संलग्नता तथा अनियमितताबारे विस्तृत छानबिन गर्न माग गरेका छन्। “जग्गा पत्तालमा गए पनि खोजिनुपर्छ” भन्दै उनीहरूले कडा अनुसन्धान आवश्यक रहेको बताएका छन् ।


त्यस्तै, यदि यस प्रकरणमा संलग्न कर्मचारीहरूको मृत्यु भइसकेको अवस्थामा समेत उनीहरूको तीन पुस्तासम्मको सम्पत्ति छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयले अघि सारेका छन्।
स्थानीयहरूले सम्बन्धित निकाय तथा सरकारसँग यस विषयलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र छानबिन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार