https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २ गते ।
सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालय तथा मातहतका निकायमा कार्यरत सबै कर्मचारीका लागि लागू गरिएको यो व्यवस्थाले काम गर्ने शैलीमै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


नयाँ नियमअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सोही दिन सक्नुपर्नेछ। यदि सोही दिन सम्भव नभए अधिकतम अर्को दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।


मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार यो आचारसंहिताले कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउँदै कामको गुणस्तर र गति दुवै सुधार्ने विश्वास गरिएको छ। तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकिने अवस्था आएमा सम्बन्धित कर्मचारीले तुरुन्तै आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्ने प्रावधान पनि राखिएको छ ।


यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै कर्मचारीसँग प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको छ। साथै, मन्त्रालयले मातहतका निकायलाई स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार