https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सुनसरी, बैशाख २ गते ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका छन् ।


सप्तकोशी नदी आसपासबाट गाँजा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।


प्रहरी उपरीक्षक केशव थेबेका अनुसार बाँसको झाकलाई भङ्गालो छेउमा चेकजाँच गर्ने क्रममा झाकमुनि लुकाइछिपाइ राखिएको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा करिब २२५ केजी गाँजा फेला परेको थियो ।


घटनास्थलबाट को ३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार