https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एजेन्सी
बिहारमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा)ले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ। नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि भाजपा नेता सम्राट चौधरीलाई नयाँ मुख्यमन्त्री नियुक्त गरिएको हो ।


राज्यपालले चौधरीलाई औपचारिक रूपमा मुख्यमन्त्री नियुक्त गरेका छन् भने उनले बुधबार पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ ।


बिहारको जातीय राजनीतिक समीकरणलाई ध्यानमा राख्दै भाजपा नेतृत्वले कोइरी समुदायका चौधरीलाई अघि सारेको विश्लेषण गरिएको छ। यसअघि पनि सोही समुदायका नितिश कुमार लामो समयसम्म मुख्यमन्त्री रहँदै आएका थिए ।


नितिश कुमारले करिब डेढ दशकभन्दा बढी समय बिहारको नेतृत्व गरेका थिए। उनले विभिन्न राजनीतिक उतार–चढावबीच पटक–पटक सरकार गठन गर्दै लामो समय सत्ता सम्हालेका थिए। तर पछिल्लो समय नेतृत्वमाथि प्रश्न उठ्न थालेपछि उनले पदबाट बाहिरिने निर्णय लिएका हुन् ।


राजनीतिक विश्लेषकहरूका अनुसार भाजपा अब बिहारमा एकल शक्ति बन्ने रणनीतिमा अघि बढेको छ। जनता दल युनाइटेड (जेडीयू) कमजोर बन्दै गएको आकलनसमेत गर्न थालिएको छ ।


यससँगै जेडीयूबाट दुई जना उपमुख्यमन्त्री नियुक्त हुने चर्चा पनि चलेको छ। उपमुख्यमन्त्रीका लागि विजय चौधरी र विजयेन्द्र यादवको नाम अगाडि आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार