https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ३ गते  ।
महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा अज्ञात समूहले सुर्ती फर्ममा आगजनी गर्दा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


बुधबार मध्यराति दिपेन्द्र महतो र हरिचरण महतोले खेतबाट ल्याएर सुकाउन राखेका तीनवटा सुर्ती फर्ममा आगो लगाइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट दिपेन्द्र महतोको करिब १० लाख रुपैयाँ बराबरको सुर्ती फर्म र ५ लाख रुपैयाँ बराबरको तयारी अवस्थामा रहेको सुर्ती जलेर नष्ट भएको छ भने हरिचरण महतोको करिब ५ लाख रुपैयाँ बराबरको सुर्तीसमेत नष्ट भएको छ ।


स्थानीय बासिन्दा, प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।


पीडित किसानहरूका अनुसार उनीहरूले करिब एक बिघा जमिनमा सुर्ती खेती गरेका थिए। बजारमा बिक्रीका लागि तयार अवस्थामा रहेको सुर्ती जलेपछि आम्दानी लिनै लागेको समयमा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूले बताएका छन् ।


पीडितहरूले क्षतिपूर्ति उपलब्ध गराइदिन स्थानीय सरकारसँग माग गरेका छन्। उनीहरूले बलवा नगरपालिकाका मेयर विजय महतोलाई किसानको अवस्था बुझेर सहयोग गर्न आग्रह गरेका छन् ।


प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको खोजीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार