https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ५ गते ।
महोत्तरीको जलेश्वरमा शनिबार साँझ एक दर्दनाक दुर्घटना भएको छ । जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि सडक किनारमा रहेको रुख अचानक ढलेपछि दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।


मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिक रहेको प्रहरीले जनाएको छ। दुवैको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।


घाइतेमध्ये टेम्पु चालक हरेन्द्र ठाकुरको अवस्था गम्भीर रहेको छ र उनलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। फेकनी देवी मलिकलाई पनि थप उपचारका लागि जनकपुर पठाइएको छ, उनको अवस्था गम्भीर रहेको बताइएको छ ।


अन्य घाइते धिरज मलिक (१७) र रिया पण्डित (१४) को जलेश्वरमै उपचार भइरहेको छ। धिरजको अवस्था मध्यम रहे पनि रियाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् । घटनापछि स्थानीयवासी, प्रहरी तथा नेपाली सेनाको टोलीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुर्‍याएका थिए ।


सडक छेउका पुराना र जोखिमयुक्त रुखहरूको समयमै व्यवस्थापन नगर्दा यस्ता दुर्घटना दोहोरिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार