https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, बैशाख ६ गते ।
आज आइतबार देशभरको मौसममा पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।


हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने मधेस र कोशीका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ ।


आज दिउँसो पहाडी र हिमाली भूभागमा बदली कायम रहनेछ। कोशीसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।


यसैबीच मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तापक्रम बढ्ने र मौसम तातो रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायम रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार