https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, बैशाख ६ गते ।
सरहको नवराजपुर गाउँपालिका–१, भगवतीपुरमा गए राति विद्युत ट्रान्सफर्मर चोरी भएको घटना बाहिर आएपछि स्थानीय तहमा त्रास र आक्रोश दुवै बढेको छ। पटक–पटक यस्ता घटना दोहोरिनुले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।


स्थानीयका अनुसार, यसअघि पनि गाउँपालिकाको वडा नम्बर २ र ३ मा ट्रान्सफर्मर चोरी भइसकेको थियो । छोटो समयमै विभिन्न वडामा लगातार यस्ता घटना हुनु सामान्य नभई संगठित रूपमा चोरी भइरहेको आशंका गरिएको छ ।


ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरु चिन्तित भएका छन् भने सिचाइ समेत प्रभावित बनेको छ । बारम्बारको घटनाले नागरिकमा असुरक्षाको भावना बढाएको छ ।


स्थानीय जनप्रतिनिधिहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै चोरी नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रशासनसँग माग गरेका छन् । उनीहरूले प्रहरी गस्ती बढाउन, निगरानी प्रणाली कडा बनाउन र दोषीलाई छिटो पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।


यसैबीच, स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ । नागरिक, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच समन्वय गरी यस्ता आपराधिक गतिविधि अन्त्य गर्न सबै पक्ष सचेत र सक्रिय हुनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार