https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ६ गते ।
धनुषाको सीमावर्ती क्षेत्र बर्दिबास नगरपालिका–३, राजाबास बाट करिब ११ फिट लामो र झण्डै ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्प को सफल उद्धार गरिएको छ ।


बाख्रा खोर नजिक राखिएको दाउराको थुप्रोमुनि लुकेर बसेको अवस्थामा सर्प फेला परेपछि मिथिला वाइल्ड लाइफ ट्रस्ट को टोलीले उद्धार गरेको हो। ट्रस्टका अध्यक्ष देवनारायण मण्डल का अनुसार सुबोध आचार्य, गौतम मण्डल लगायत सबडिभिजन वन कार्यालय लालगढ को संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो ।


उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन हुँदै चुरे क्षेत्र मा लगेर प्राकृतिक बासस्थानमै पुनःस्थापना गरिएको जनाइएको छ। उक्त क्षेत्र राजगोमन सर्पको उपयुक्त आवास मानिन्छ ।


उद्धार टोलीले स्थानीयलाई सर्पको बानी, यसको वातावरणीय महत्व तथा देखिएमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने उपायबारे सचेतना समेत दिएको छ। विश्वकै अत्यन्त विषालु सर्पमध्ये पर्ने राजगोमनको संरक्षण जैविक विविधताका लागि महत्वपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार