https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ६ गते ।
धनुषाको कमला नगरपालिका–७ सिङ्ग्याहीमा आइतबार भएको ट्याक्टर दुर्घटनामा एक चालकको ज्यान गएको छ। मृत्यु हुनेमा कमला नगरपालिका–६ निवासी आकाश यादव रहेका छन् ।


प्रहरीका अनुसार स. १ त. ५१२९ नम्बरको ट्याक्टर खेतबाट माटो बोकेर ल्याउँदै गर्दा अचानक नियन्त्रण गुमाएर सडकबाट तल खसेको थियो। दिउँसो करिब १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक यादवलाई तत्काल उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय खजुरीले घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जनाएको छ। दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार