काठमाडौं, बैशाख ७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि नौ वटा मुख्य एजेन्डा तय गरिएको जानकारी दिएका छन् ।
बैठकमा हालसम्म पार्टीले गरेका गतिविधिहरूको विस्तृत समीक्षा प्रस्तुत गरिनेछ। साथै, केन्द्रीय सदस्यहरूको रिपोर्टिङलाई पनि प्राथमिकता दिइएको छ। यसक्रममा २० जना सदस्यलाई प्रति व्यक्ति दुई मिनेटका दरले आफ्नो धारणा राख्ने समय छुट्याइएको छ ।
त्यसैगरी, बैठकमा संगठनको वर्तमान अवस्थाको मूल्याङ्कन, आन्तरिक समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्माणका विषयमा पनि गहन छलफल हुने जनाइएको छ ।

