कैलाली, बैशाख ७ गते ।
जिल्ला प्रशासन कार्यालय कैलालीले संघीय सरकारको नीतिअनुसार राहदानी, नागरिकता तथा राष्ट्रिय परिचयपत्र हुलाकमार्फत घरमै पठाउने सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
प्रमुख हिरालाल रेग्मीका अनुसार सोमबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो। प्रारम्भिक चरणमै करिब दुई सयभन्दा बढी सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको उनले जानकारी दिए ।
यस सेवासँगै सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने विश्वास गरिएको छ। विशेषगरी टाढा–टाढाबाट कार्यालय पुग्नुपर्ने झन्झटबाट नागरिकलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

