https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ७ गते ।
सुवासचन्द्र नेम्बाङका दुई सन्तानमध्ये कान्छा हुन् सुहाङ नेम्बाङ। बुवाले उनलाई बारम्बार राजनीतिमा आउन प्रेरित गर्थे। तर सुहाङको उत्तर सधैं एउटै हुन्थ्यो— “अझै दस वर्ष तपाईंसँग सिक्छु, त्यसपछि मात्र राजनीतिमा प्रवेश गर्छु ।”


तर समयले फरक मोड लियो। नियतिले उनलाई बुवाको साथ समयभन्दा चाँडै खोस्यो। त्यतिबेला सुहाङ अष्ट्रेलियामा कानुन अध्ययन गरिरहेका थिए ।


अकस्मात् काँधमा आएको जिम्मेवारीले उनलाई पूर्ण रूपमा बदल्यो। पहिले जिन्स पाइन्ट र क्याप लगाएर आफ्नै उमेर समूहसँग घुलमिल हुने उनी, अब बुवाको विरासत सम्हाल्दै अघि बढ्ने बाटोमा हिँडे । बाहिरी रूप मात्र होइन, सोच र व्यवहारमा पनि परिवर्तन आयो—अब उनी कोट र कालो टोपीमा देखिन थाले ।


बुवाले सिकाएको इमान, अनुशासन र जनताप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै सुहाङले आफ्नो यात्रा अघि बढाए। उनी न त कसैप्रति अनावश्यक आरोप लगाउँदै हिँड्छन्, न त विरोधको राजनीति गरेर आफूलाई स्थापित गर्न खोज्छन्। बरु भुइँमान्छेको आवाज सुन्दै, संयमित र सन्तुलित ढंगले अगाडि बढिरहेका छन् ।


आज सुहाङ धेरैका लागि नबिझाउने, सरल र जिम्मेवार व्यक्तित्वका रूपमा चिनिन थालेका छन्। बुवाले दिएको शिक्षा शिरोधार्य गर्दै उनी एक असल छोरा मात्र होइन, सम्भावनायुक्त सार्वजनिक व्यक्तित्वका रूपमा स्थापित हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार