https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ७ गते ।
महोत्तरीको बलवा नगरपालिका–७ बनौटा बजारस्थित स्वास्थ्य चौकीमा आज नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । स्थानीय बासिन्दालाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो ।


शिविरमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो । जाँचका क्रममा मोतिबिन्दु लगायत विभिन्न आँखासम्बन्धी समस्या पहिचान गरिएको तथा शल्यक्रियाका लागि आवश्यक बिरामीहरू छनोट गरिएको आयोजकले जनाएको छ । छनोट भएका बिरामीहरूको आगामी दिनमा नि:शुल्क शल्यक्रिया गरिने बताइएको छ ।


कार्यक्रममा बोल्दै बलवा नगरपालिकाका नगर प्रमुख राम विजय महतोले स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने यस्ता कार्यक्रमलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले विपन्न तथा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।


शिविरमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी र श्री जानकी आँखा अस्पताल, जनकपुरधामले प्रदान गरेका थिए भने सहयोगी संस्थाका रूपमा RUIT Foundation र लायन्स क्लब अफ जनकपुरधामको सहभागिता रहेको थियो। कार्यक्रमको आयोजना बलवा नगरपालिका स्वास्थ्य शाखाले गरेको हो ।


स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यसहित आयोजना गरिएको यस शिविरबाट विशेषगरी विपन्न तथा उपचारबाट वञ्चित नागरिकहरू लाभान्वित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार