https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ७ गते ।
नवलपुरकाे नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले आफ्ना सदस्य व्यवसायीहरूको हितलाई ध्यानमा राख्दै विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। बैशाख महिनामा बसेको संघको नियमित बैठकले यस्तो निर्णय गरेको हो ।


संघका महासचिव रमेश अधिकारी का अनुसार सदस्यहरूको व्यवसायमा प्राकृतिक विपत वा आकस्मिक समस्या आइपर्दा सहयोग पुर्‍याउने उद्देश्यले कोष स्थापना गरिनेछ ।


संघका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर) ले सदस्यता नविकरण तथा नयाँ सदस्यता लिँदा बुझाइने शुल्कको ५ प्रतिशत रकम विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। साथै, संघले आयोजना गर्ने मेला–महोत्सवबाट प्राप्त आम्दानीको केही हिस्सा पनि छुट्टै खातामार्फत कोषमा राखिनेछ ।


उहाँका अनुसार इच्छुक व्यवसायी तथा सरोकारवालाहरूले पनि उक्त कोषमा सहयोग गर्न सक्नेछन् र कोषको खाता नम्बर सहज रूपमा उपलब्ध गराइनेछ ।


बैठकले संघको तालिम हल निर्माणका लागि छुट्टै खाता सञ्चालन गर्ने तथा विभिन्न संघ–संस्था, व्यवसायिक फर्म, बस्तुगत संघ र अन्य उद्योग वाणिज्य संघसँग सहयोगको अपिल गर्ने निर्णय समेत गरेको छ ।


यसअघि बसेको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरूका लागि एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने निर्णय पनि गरिसकेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार