https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख ७ गते ।
मधेश प्रदेशका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किरहेको वेला जनकपुरधाममा ११७ वर्षअघि स्थापना भएको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयले आफ्नो पुरानो शैक्षिक विरासतलाई कायम राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ ।


आधुनिक जनकपुरधामका निर्माता मौनीबाबाद्वारा स्थापना गरिएको ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयले प्राचीन संस्कृत शिक्षासँगै आधुनिक शिक्षामा पनि जोड दिएपछि विद्यार्थी भर्ना अत्यधिक रहेको प्रधानाध्यापक संजय कुमार झाले जानकारी दिए। उनका अनुसार विद्यालयले बिहान अंग्रेजी शिक्षा र दिउँसो संस्कृत शिक्षा सञ्चालन गर्दै आएको छ ।


गत शैक्षिक सत्रमा न्यून शिक्षक र पूर्वाधारका बीच पनि २ हजार ७ सय ३६ विद्यार्थीलाई अध्ययन अध्यापन गराइएको विद्यालयले जनाएको छ। यस वर्ष पनि भर्ना प्रक्रिया जारी रहेको छ ।


विद्यालयको स्थापना दिवसको उद्घाटन गर्दै मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले ज्ञानकूप विद्यालय सामुदायिक विद्यालयमध्ये एक उत्कृष्ट उदाहरण भएको बताइन्। उनले मन्त्रालयले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरिन्। साथै, प्रदेशमा शिक्षक दरबन्दी विद्यार्थी अनुपातअनुसार न्यून रहेको र आवश्यक विषयमा करार शिक्षक खटाइएको जानकारी पनि दिइन् ।


धनुषा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चेत प्रसाद पोखरेलले ज्ञानकूप संस्कृत विद्यालयले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। स्थानीय अभिभावक तथा बुद्धिजीवी मोहन उपाध्यायले आधुनिक जनकपुरधाम निर्माणमा मौनीबाबाको योगदान उल्लेखनीय रहेको भन्दै विद्यालय, जानकी माध्यमिक विद्यालय र परिक्रमा सडक त्यसका उदाहरण भएको बताए ।


कार्यक्रममा कक्षा १२ विज्ञान संकायका ९ जना मेधावी तथा समावेशी छात्र–छात्रालाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कक्षा ११ का चार जना छात्रालाई अवि प्रतिष्ठानले ३ हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरेको थियो ।


त्यसैगरी, वडा नं. ८ कार्यालयले २०८२ सालको वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने कक्षा ८ देखि १२ सम्मका छात्राहरूलाई साईकल वितरण गरेको थियो। साईकल वितरण वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार सिंहले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार