https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ७ गते ।
सरकारले खाडी तथा पश्चिम एसियाका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति पुनः खुला गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि लगाइएको अस्थायी प्रतिबन्ध हटाएको जनाएको हो ।


अब संयुक्त अरब इमिरेट्स (यूएई)सहित साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की, इजरायल, इराक र यमनमा श्रम स्वीकृति पुनः जारी गरिनेछ। मन्त्रालयका अनुसार व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणका सबै प्रक्रिया पुरानै ढाँचामा सञ्चालन हुनेछन् ।


क्षेत्रीय सुरक्षा अवस्थाको पछिल्लो समीक्षा तथा परराष्ट्र मन्त्रालयको सिफारिसका आधारमा प्रतिबन्ध हटाइएको हो । यसअघि फागुन १७ गतेदेखि मध्यपूर्व क्षेत्रमा बढ्दो अस्थिरता र सुरक्षाको चिन्ताका कारण सरकारले श्रम स्वीकृति अस्थायी रूपमा रोकेको थियो ।


सरकारको यो निर्णयसँगै लामो समयदेखि विदेश जान प्रतीक्षामा रहेका नेपाली श्रमिकहरूलाई ठूलो राहत पुगेको छ भने वैदेशिक रोजगारीको प्रक्रिया पुनः सामान्य अवस्थामा फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार