https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ७ गते ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि सरकारले तीव्र तयारी अघि बढाएको छ। यसै सन्दर्भमा अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले सबै मन्त्रालयका मन्त्री र सचिवसँग संयुक्त छलफल गर्दै वर्तमान आर्थिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।


अर्थ मन्त्रालयमा सोमबार आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले मुलुकको सार्वजनिक वित्तीय अवस्था दबाबमा रहेको उल्लेख गर्दै सीमित स्रोतका बीच प्रभावकारी बजेट ल्याउनुपर्ने चुनौती रहेको बताए। उनले बजेटलाई केवल कागजी योजना नभई कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिए ।


सरकारको अनिवार्य खर्च १३ खर्ब ३० अर्ब रुपैयाँ नाघिसकेको अवस्थामा राजस्व संकलन भने ११ खर्ब ८० अर्ब रुपैयाँमै सीमित रहेको उनले जानकारी दिए। यसले बजेट सन्तुलन कायम गर्न कठिन हुने स्पष्ट संकेत गरेको छ ।


उनले आगामी बजेटमा खर्च नियन्त्रण, प्राथमिकता निर्धारण र सुशासनलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै सबै मन्त्रालयबीच समन्वय अपरिहार्य रहेको बताए ।


छलफलमा अर्थसचिव घनश्याम उपाध्याय ले बजेट कार्यान्वयन सुधारका लागि रकमान्तर सम्बन्धी अधिकार मन्त्रालयमै दिने र बहुवर्षीय ठेक्का प्रक्रियामा सुधार ल्याउने तयारीबारे जानकारी गराए। बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव सुमन दाहाल ले हालसम्मको तयारी अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।


कार्यक्रममा सहभागी मन्त्रीहरूले आफ्ना मन्त्रालयका आवश्यकता र चुनौतीहरू प्रस्तुत गर्दै आगामी बजेटलाई यथार्थपरक र प्रभावकारी बनाउन जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार