काठमाडौं, बैशाख ७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री, सांसद तथा स्वकीय सचिवहरूले पार्टीलाई बुझाउनुपर्ने मासिक लेवी रकम परिमार्जन गरेको छ ।
सोमबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यसअघि प्रस्ताव गरिएको लेवी संशोधनलाई अनुमोदन गरेको हो ।
नयाँ व्यवस्था अनुसार रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूले अब मासिक १८ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ। त्यस्तै संघीय संसद्का सांसदहरूका लागि १५ हजार रुपैयाँ मासिक लेवी तोकिएको छ ।
यसैगरी मन्त्री तथा सांसदका स्वकीय सचिवहरूले पनि मासिक २ हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने निर्णय गरिएको छ । पार्टीले आन्तरिक आर्थिक व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन लेवी संरचना परिमार्जन गरिएको जनाएको छ ।

