https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, बैशाख ८ गते ।
महोत्तरीको गौशालामा आयोजित दोस्रो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ६ ले जितेको छ। गौशाला नगरपालिकाद्वारा सञ्चालित प्रतियोगिताअन्तर्गत मंगलबार भएको फाइनल खेलमा वडा नं. ६ ले वडा नं. २ लाई ४१ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ६ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। उसका लागि नागेन्द्र अधिकारीले ३२ बलमा ३१ रन, कप्तान सुकेश यादवले २८ बलमा २७ रन तथा राजेश यादवले १८ बलमा १९ रनको योगदान दिएका थिए ।

वडा नं. २ का बलरमध्ये रविन्द्र बैठाले ४ ओभरमा ३१ रन दिँदै ३ विकेट, रोहित कुमार बैठाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट तथा प्रमोद कुमार सूरीले ४ ओभरमा १७ रन दिँदै २ विकेट लिए ।

११७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको वडा नं. २ सुरुदेखि दबाबमा रहँदै १५.३ ओभरमा ७५ रनमै अलआउट भयो। महताब शेखले ७ बलमा १६ रन, रविन्द्र बैठाले २५ बलमा १९ रन र सुजय कुमारले १३ बलमा १० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

वडा नं. ६ का बलर सुदीप कुमार झाले ३.३ ओभरमा १३ रन दिँदै ३ विकेट लिए। त्यस्तै सुकेश यादव र राजेश यादवले समान २–२ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे।
४१ रनको जितसँगै वडा नं. ६ दोस्रो संस्करणको च्याम्पियन बनेको छ भने वडा नं. २ उपविजेतामा सीमित भयो। प्रतियोगितामा वडा नं. १० ले तेस्रो स्थान हासिल गर्‍यो ।

विजेता टोलीलाई १ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी, उपविजेतालाई ५१ हजार रुपैयाँसहित ट्रफी तथा तेस्रो हुने टोलीलाई २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।

फाइनल खेलमा ‘म्यान अफ द म्याच’, ‘बेस्ट ब्याट्सम्यान’, ‘बेस्ट बलर’ तथा ‘म्यान अफ द सिरिज’ सबै उपाधि सुकेश यादवले हात पारे। ‘बेस्ट फिल्डर’ अमलेश र ‘बेस्ट विकेटकिपर’ सुजय कुमार घोषित भए ।

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले खेलकुदले युवाहरूलाई अनुशासन, एकता र सकारात्मक सोचतर्फ डोर्‍याउने बताउँदै नगरपालिकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उहाँले स्थानीय प्रतिभालाई उजागर गर्न मेयर कपले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर अधिकारीले खेलकुद विकास नगरको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र व्यापक रूपमा प्रतियोगिता आयोजना गरिने जानकारी दिए । उहाँले युवाहरूलाई खेलकुदमार्फत स्वस्थ र सिर्जनशील बनाउन नगरपालिका सदैव सक्रिय रहने बताए ।

कार्यक्रममा लेखा अधिकृत मनोज महरा, शिक्षा शाखा प्रमुख संजय महतो, योजना शाखा प्रमुख विपिन आचार्य, शिक्षा समिति सदस्य जितेन्द्र सिंह, उमेश महताे, त्रिभुवन माध्यमिक विधालयका व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर महताे लगायत खेलप्रेमी तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार