https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

झापा, बैशाख ८ गते ।
झापाको कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।


दुर्घटनामा हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनामा ढकालसहित सात जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा अपराह्न ४ः३५ बजे ढकालको मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।


घाइते हुनेहरूमा हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल, १३ वर्षीय रोजन ढकाल, अटोमा सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री रहेका छन् ।


दुर्घटनामा संलग्न अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ का ४६ वर्षीय खेमराज गौतमलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार