https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ९ गते ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लिला पिटर्स याहिया बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।


मन्त्रालयमा भएको भेटका क्रममा आवासीय संयोजक याहियाले मन्त्री गौतमलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई व्यक्त गरेकी थिइन् ।


भेटवार्तामा संयुक्त राष्ट्रसंघ को प्राविधिक तथा रणनीतिक सहयोगमा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने तथा अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको जनाइएको छ ।


यसैगरी, नेपालको न्याय प्रणालीलाई जनमुखी बनाउँदै सर्वसाधारण नागरिकको न्यायमा सहज पहुँच विस्तार गर्ने विषयमा पनि दुई पक्षबीच सार्थक कुराकानी भएको मन्त्रालयले जनाएको छ ।


उक्त भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार