सर्लाही, बैशाख १० गते ।
सर्लाहीकाे ईश्वरपुर नगरपालिका – १४ स्थित संचालित साना किसान कृषी सहकारी संस्था लिमिटेड अन्तर्गत समूह नं. २६ की सदस्य लक्ष्मी देवीको ६८ वर्षको उमेरमा मिति २०८२ चैत २६ गते निधन भएको थियो ।
उनको १३ औँ पुण्यतिथिको अवसरमा संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै सदस्य सुरक्षा कोषबाट राहतस्वरूप ५० हजार रुपैयाँ प्रदान गरेको छ । संस्थाका अध्यक्ष अशोक महतो तथा प्रबन्धक जगदीश महतो कोइरीले संयुक्त रूपमा उक्त रकम बराबरको चेक मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले आफ्ना सदस्यहरूको हित र सुरक्षाका लागि स्थापना गरिएको कोषमार्फत यस्ता सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

