https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, बैशाख १० गते ।
महोत्तरीको गौशाला नगरपालिका–५ स्थित श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा बिहीबार कक्षा १२ का विद्यार्थीहरूको फेयरवेल (विदाइ) कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतोले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा दिँदै उज्ज्वल भविष्यको कामना गरे ।



त्यसैगरी, विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू सम्झँदै शिक्षक तथा विद्यालय परिवारप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले विद्यालय व्यवस्थापन समितिको भूमिका र योगदानको प्रशंसा समेत गरे ।

विद्यालयका प्रधानाध्यापक विनोद महतोले पनि विद्यार्थीहरूलाई अनुशासनमा रही जीवनमा अघि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार