राजेश सिंह
गाैशाला, बैशाख १० गते ।
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने निर्णयको विरोधमा नेपाल पत्रकार महासंघले सञ्चालन गरेको आन्दोलनअन्तर्गत महोत्तरीमा पत्रकारहरूले ज्ञापनपत्र बुझाएका छन् ।
महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासको नेतृत्वमा जिल्लामा कार्यरत पत्रकारहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्रकारहरूले उक्त निर्णय विभेदकारी भएको भन्दै सच्याउन माग गरेका छन्। उनीहरूले निजी तथा स्वतन्त्र सञ्चारमाध्यमलाई समेत समान रूपमा सरकारी विज्ञापन वितरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
महासंघले सञ्चारमाध्यमबीच समान व्यवहार र प्रेस स्वतन्त्रताको संरक्षणका लागि आन्दोलनका कार्यक्रमहरू जारी रहने जनाएको छ ।

