https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १० गते ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित जिरोमाईलमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि जनकपुर पठाइएको छ । प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि उनीहरूको अवस्थालाई ध्यानमा राख्दै चिकित्सकले जनकपुर रिफर गरेका हुन् ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०२–००५ प २७५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प २९९६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका थिए ।

दुर्घटनामा जलेश्वर–२ बस्ने ३० वर्षीय दिपक साह र जलेश्वर–७ बेलाका ४० वर्षीय सन्जित झा घाइते भएका छन् । दुबै जनाको टाउको, नाक र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

दुर्घटनामा परेका दुवै सवारी साधन अहिले जिल्ला प्रहरी कार्यालय जलेश्वरको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार