https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख ११ गते ।
प्रधानमन्त्री बालेन साहले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने सरकारको योजना अघि बढाइने बताएका छन् ।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष बाढीका कारण नदीकिनारमा बसोबास गर्ने नागरिकहरूले ज्यान जोगाउन संघर्ष गर्नुपरेको अवस्थालाई दोहोरिन नदिन अब दीर्घकालीन समाधान आवश्यक भएको उल्लेख गरेका छन् ।

“वर्षौँदेखि दोहोरिँदै आएको समस्यालाई अब अर्को वर्षका लागि थाती नराखी सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्छ,” उनले भनेका छन् ।


प्रधानमन्त्रीले नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणालीमा अवरोध पुग्दा उपत्यका फोहोर र दुर्गन्धित बन्दै गएको पनि उल्लेख गरेका छन्। उनका अनुसार यस्ता बस्तीको व्यवस्थित स्थानान्तरणले शहरी पूर्वाधार सुधारमा समेत सहयोग पुग्नेछ ।


थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रलगायत नदीकिनारका जोखिमयुक्त बस्तीहरूलाई बल प्रयोग नगरी, मानवीय आधारमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जनाएका छन्। साथै, “अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर मात्र व्यवस्थापन गरिने” स्पष्ट पार्दै देशभरका वास्तविक भूमिहीनलाई प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।


सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले यो वर्षौँ पुरानो समस्याको स्थायी समाधान गर्ने दाबी गरेका छन् ।


यद्यपि, सुकुम्बासीको पहिचान, पुनर्वासको स्थान, रोजगारी र आधारभूत सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा सरोकारवालाहरूले चुनौती देखाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार