https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, बैशाख १२ गते ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित कोमल होटेलमा अदालतको आदेश विपरीत डोजर चलाउने प्रयास भएको भन्दै विवाद चर्किएको छ ।


होटेल सञ्चालक प्रमोद साहले आफ्नो निजी नम्बरी जग्गामा कानुनी रूपमा नक्सा पास गरी निर्माण गरिएको पाँचतल्ले भवनमा सडक तथा नाला विस्तारको नाममा मिथिला नगरपालिका र सडक डिभिजन कार्यालयले जबरजस्ती हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।


उक्त विषयमा जग्गाधनी देवनारायण साह सुडी र कोमल कुमारी देवीले उच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाइ गर्दै मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले सम्बन्धित निकायका नाममा निषेधाज्ञा जारी गरेको हो ।


अदालतले निजी सम्पत्तिमा क्षतिपूर्ति र कानुनी प्रक्रिया विना हस्तक्षेप नगर्न स्पष्ट निर्देशन दिएको छ । साथै, सार्वजनिक संरचना निर्माण गर्दा एकतर्फी रूपमा कुनै व्यक्तिको जग्गामा मात्र काम गर्न नपाइने र आवश्यक परे बाटोको केन्द्रबिन्दुबाट दुवैतर्फ बराबरी रूपमा जग्गा उपयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।


तर, उक्त आदेशको बेवास्ता गर्दै डोजर लगाउने प्रयास भएको भन्दै सञ्चालक पक्ष आक्रोशित बनेको छ । निषेधाज्ञाको उल्लंघन भए सम्बन्धित पक्षविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार