गाैशाला, बैशाख १२ गते ।
आज अप्रिल २५ का दिन विश्वभर ‘विश्व औंलो दिवस’ (World Malaria Day) विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
औंलो (मलेरिया) लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो, जसले विशेषगरी उष्ण तथा उप–उष्ण क्षेत्रका मुलुकहरूमा अझै ठूलो स्वास्थ्य चुनौती सिर्जना गरिरहेको छ। नेपालमा पनि तराई–मधेस क्षेत्रका केही जिल्लामा औंलोको जोखिम कायम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
यस वर्षको दिवसमा औंलो रोगको रोकथाम, समयमै परीक्षण र उपचार, तथा लामखुट्टे नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउनेमा जोड दिइएको छ। स्वास्थ्य निकायहरूले जालीको प्रयोग, सरसफाइ, पानी जम्न नदिने तथा स्वास्थ्य संस्था पुगेमा निःशुल्क परीक्षण र औषधि उपलब्ध हुने जानकारी दिएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार औंलो नियन्त्रणमा प्रगति भए पनि अझै धेरै देशमा जोखिम कायमै छ। त्यसैले रोकथाम र जनचेतना नै यस रोग नियन्त्रणको मुख्य उपाय मानिएको छ ।
विशेषज्ञहरूका अनुसार समुदायस्तरमै सचेतना बढाएर र आधारभूत स्वास्थ्य सेवा पहुँच विस्तार गरेर औंलो रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिने सम्भावना रहेको छ ।






