गाैशाला, बैशाख १३ गते ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । सुन प्रतितोला २ हजार ७०० रुपैयाँले बढ्दा चाँदी पनि ५० रुपैयाँले महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ९४५ रुपैयाँमा सीमित थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागिरहेको छ । पछिल्लो विवरणअनुसार सुन प्रतिऔँस ४ हजार ७२४ अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

