गाैशाला, बैशाख १३ गते ।
पृथ्वी राजमार्गअन्तर्गत आदमघाट नजिकै आइतबार माइक्रो बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा-प्रदेश-०१-००६-ख-७२२१ नम्बरको माइक्रो बस अचानक अनियन्त्रित भई सडकमै पल्टिएको हो ।
ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार वर्षाका कारण सडक चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

