माेरङकाे विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि निजी विद्यालयहरूले लिन पाउने शुल्क निर्धारण गर्दै तोकिएकोभन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।
महानगरका अनुसार कक्षा ५ सम्म मासिक शुल्क २ हजार ५०० देखि ३ हजार १०० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ३ हजार १०० देखि ३ हजार ८०० रुपैयाँ तथा कक्षा ९ देखि १२ सम्म ३ हजार ८०० देखि ५ हजार ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
यससँगै भर्ना, परीक्षा, खेलकुद, प्रयोगशाला तथा शैक्षिक सामग्री शुल्कसमेत निश्चित गरिएको छ। तर प्रभावकारी अनुगमन अभावका कारण धेरै निजी विद्यालयहरूले तोकिएकोभन्दा बढी शुल्क असुल्ने गरेको अभिभावकहरूको गुनासो रहेको छ ।
महानगरले छात्रवृत्ति व्यवस्था र शुल्क कार्यान्वयनमा कडाइ गर्नुपर्ने माग पनि बढ्दै गएको छ ।

