https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पाेखरा, बैशाख १८ गते ।

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ११ः०५ बजे खपौदी नजिक पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका–१८ निवासी १० वर्षीय अमरेश लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा उनी तालमा डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै सशस्त्र प्रहरीको उद्धार टोलीले उनलाई बाहिर निकालेको थियो।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको नेतृत्वमा ८ जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक तारा चन्द्र शर्माको नेतृत्वमा ७ जनाको टोली परिचालन गरिएको थियो।
उद्धारपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालले दिउँसो १२ः१५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार