https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विष्णु गुप्ता
जलेश्वर, बैशाख १८ गते ।
मधेश प्रदेशको पिपरा गाउँपालिकामा गर्भवती महिला तथा किशोरी आमाहरूको गुणस्तरीय र सुरक्षित मातृत्व सेवा सुदृढ गर्ने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण गरिएको छ ।

सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको साक्षेदारी तथा पिपरा गाउँपालिकाको समन्वयमा पालिकामा सञ्चालित समुन्नति कार्यक्रम मार्फत यो मेशिन पालिकाका अध्यक्ष रामजानकी यादवलाई हस्तान्तरण गरिएको छ ।

मेशिन ग्रहण गर्दै अध्यक्ष यादवले यसबाट ग्रामीण क्षेत्रका स्वास्थ्य सेवाबाट टाढा रहेका गर्भवती महिला र किशोरी आमाहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। उहाँले अब गर्भवती महिलाहरूलाई अल्ट्रासाउण्ड जाँचका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने उल्लेख गर्दै गाउँपालिकाका सातै वडामा सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पिपरा जनता अस्पतालका प्रमुख डा. सन्तोष यादवले पोर्टेबल अल्ट्रासाउण्ड सेवाले सरकारले तोकेको चार तथा आठ पटकको नियमित गर्भजाँच सहज बनाउने बताउनुभयो। उहाँका अनुसार प्रत्येक वडामा निश्चित दिन तोकी गर्भवती आमाहरूको स्वास्थ्य परीक्षण गरिनेछ ।

उहाँले समयमै जोखिम पहिचान, आवश्यक रेफरल सेवा, संस्थागत सुत्केरी दर वृद्धि तथा घरमै हुने सुत्केरीको दर शून्य बनाउन यो उपकरण महत्वपूर्ण हुने धारणा राख्नुभयो।
रतौली युवा क्लबका निर्देशक वैद्यनाथ चौधरीले ग्रामीण क्षेत्रमा प्रत्यक्ष सेवा विस्तारका लागि यो उपकरण प्रभावकारी हुने विश्वास व्यक्त गर्दै प्रत्येक वडामा सेवा पु¥याउन आग्रह गर्नुभयो ।

क्लबका कार्यक्रम अधिकृत पुजनारायण साहका अनुसार करिब ८ लाख ७० हजार रुपैयाँ लागतमा खरिद गरिएको पोर्टेबल अल्ट्रासाउण्ड मेशिन सानो ठाउँमा समेत सहज रूपमा सञ्चालन गर्न सकिनेछ, जसले ग्रामीण स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार