https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १९ गते ।
मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश पहाडी तथा केही तराई क्षेत्रमा वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार मधेस प्रदेश सहित लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै कोशी प्रदेश, मधेस, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहने जनाइएको छ। केही उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान छ ।

मौसममा अचानक परिवर्तन आउन सक्ने भएकाले किसान, यात्रु तथा सर्वसाधारणलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार