https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख १९ गते ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सम्पूर्ण श्रमजीवी पत्रकार, सञ्चारगृह तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा र पत्रकार हितका लागि महासंघ निरन्तर संघर्षरत रहने प्रतिबद्धता जनाएकी छन् ।

अध्यक्ष शर्माले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनका अनुसार राज्यका विभिन्न निकाय, संगठित तथा असंगठित समूहबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास भइरहेको छ, जसको महासंघले सशक्त प्रतिवाद गर्दै आएको छ ।

महासंघको सञ्चार अनुगमन इकाईका तथ्यांकअनुसार सन् २०२५ मे ४ देखि २०२६ अप्रिल ३० सम्म १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। तीमध्ये पत्रकारमाथि धम्की, दुर्व्यवहार, आक्रमण, पेशागत असुरक्षा, अवरोध, पक्राउ तथा शंकास्पद मृत्युका घटनाहरू समावेश छन् ।

महासंघले सरकारी विज्ञापन वितरणमा विभेद, लोककल्याणकारी विज्ञापनको संकुचन, अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश तथा सञ्चारसम्बन्धी विधेयकहरूका केही प्रावधानप्रति पनि आपत्ति जनाएको छ ।

अध्यक्ष शर्माले सञ्चार क्षेत्रको आर्थिक संकट, पत्रकार पलायन, दण्डहीनता, मिथ्या सूचना र पत्रकार सुरक्षालाई वर्तमान समयका प्रमुख चुनौतीका रूपमा औंल्याउँदै लोकतान्त्रिक मूल्य, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि व्यापक ऐक्यबद्धताको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस “शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन” भन्ने नाराका साथ मनाइँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार