https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख १९ गते ।
बिरगंजसँग जोडिएको भारतीय सीमावर्ती बजार रक्सौल यतिबेला सुनसान देखिन थालेको छ । नेपालतर्फ भन्सार जाँच कडाइ गरिएपछि किनमेलका लागि रक्सौल जाने नेपाली उपभोक्ताको संख्या घटेपछि बजारको चहलपहल कम भएको हो ।

पहिले पर्सा मात्र नभई सिमरा, हेटौँडा र चितवनसम्मका उपभोक्ता समेत रक्सौल पुगेर किनमेल गर्ने चलन थियो । तर पछिल्लो समय सीमामा कडाइ भएपछि उपभोक्ता फेरि बिरगंज बजारमै फर्किन थालेका छन् ।

व्यवसायीहरूका अनुसार बिरगंजमा कपडा तथा किराना पसलहरूमा अहिले २५ देखि ३० प्रतिशतसम्म व्यापार वृद्धि देखिन थालेको छ। पहिले दिनभर ग्राहकको प्रतीक्षा गर्नुपर्ने अवस्था रहे पनि अहिले पसलमा भीड बढ्न थालेको व्यापारीहरूको भनाइ छ ।

स्थानीय व्यापारीहरूले सीमा क्षेत्रमा अवैध कारोबार घट्दै जाँदा स्वदेशी बजारमा सकारात्मक प्रभाव परेको बताएका छन् । बिरगंज भन्सार कार्यालयका अनुसार भन्सार कडाइपछि अनौपचारिक आयात, चोरीपैठारी र हुन्डी कारोबारमा समेत कमी आएको छ ।

यता सीमावर्ती बजारको गतिविधि घटे पनि बिरगंजमा व्यापारिक गतिविधि विस्तारै पुनः चलायमान हुँदै गएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार