https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २३ गते ।
धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरमा बुधबार बिहान चितुवाको आक्रमणबाट एक जना स्थानीय घाइते भएका छन् ।

बिहान करिब ९ बजे ४८ वर्षीय किर्तिमान विकमाथि चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार घाइते विकको ढल्केबरस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनको पिठ्युँसहित शरीरका विभिन्न भागमा चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

वडा नं. ७ का अध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार निलगाई नियन्त्रणका लागि लगाइएको तारजालीमा चितुवा फसेको थियो। सोही जानकारीपछि घटनास्थल पुगेका विकमाथि चितुवाले आक्रमण गरेको बताइएको छ ।

हाल चितुवा तारजालीमै फसेको अवस्थामा रहेको छ भने सुरक्षित उद्धारका लागि वन कार्यालय र सुरक्षाकर्मीलाई जानकारी गराइएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार