https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सिरहा, बैशाख २५ गते ।
सिरहाको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले सिरहा क्षेत्र नं. ४ का सांसद तपेश्वर यादवलाई विभिन्न विकास योजनाहरू समावेश गर्न आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगर प्रमुख यादवले आगामी नीति तथा कार्यक्रममार्फत भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ तथा पर्यटन क्षेत्रसँग सम्बन्धित योजनाहरू समावेश गरिनुपर्ने माग गरेका छन् ।

पत्रमा मिर्चैया नगरपालिकाको समग्र विकास, नागरिकको आधारभूत सेवा पहुँच विस्तार तथा दीर्घकालीन समृद्धिका लागि यी योजनाहरू आवश्यक रहेको उल्लेख गरिएको छ ।

स्थानीय तहको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले क्षेत्रीय तथा प्रदेशस्तरबाट आवश्यक बजेट तथा योजना सुनिश्चित गर्न पहल थालेको जनाएको छ। यस कदमले मिर्चैया नगरपालिकाको विकास निर्माण कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार