https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २६ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासमक्ष पूर्वसभापति शेरबहादुर देउवालाई निर्वाचन टिकट नदिइएको विषयमा स्पष्ट जवाफ मागेका छन् ।

शनिबार धनगढीमा आयोजित पार्टीको जरा अभियान कार्यक्रममा बोल्दै शाहले देउवा र आरजु राणामाथि भएका घटनाक्रम, पार्टीभित्र देखिएको असन्तुष्टि तथा टिकट वितरण प्रक्रियाबारे नेतृत्वको धारणा सार्वजनिक गर्न आग्रह गरे ।

उनले देउवालाई टिकटबाट वञ्चित गर्नु स्वाभाविक निर्णय थियो वा अस्वाभाविक कदम भन्ने प्रश्न उठाउँदै यसले पार्टीभित्र कस्तो सन्देश दिएको छ भन्नेबारे पनि चासो व्यक्त गरे ।

मुख्यमन्त्री शाहले गगन थापाको नेतृत्वप्रति समर्थन जनाउँदै आगामी वर्षहरूमा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी वर्तमान नेतृत्वकै भएको बताए। साथै, उनले पार्टीभित्रका आन्तरिक चुनौतीप्रति सचेत रहन सुझाव दिँदै संगठन सुदृढीकरणमा ध्यान दिन आग्रह गरे ।

उनको भनाइमा कांग्रेसको एकता, स्थायित्व र प्रभावकारी नेतृत्व नै आगामी राजनीतिक यात्राको मुख्य आधार हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार