https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २६ गते ।
सरकारले आगामी सोमबारदेखि जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन मार्गनिर्देशन २०८३’ अनुसार सरकारी निकाय, शैक्षिक संस्था तथा सार्वजनिक कार्यालयहरूमा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

कार्यालयका अनुसार सरसफाइसम्बन्धी व्यवहारिक संस्कार विकास गर्न सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन पठाइसकिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट अभियानको औपचारिक शुभारम्भ हुनेछ। सोही समयमा देशभरका अस्पतालहरूमा पनि सरसफाइ कार्यक्रम सुरु गरिने जनाइएको छ ।

अभियानअन्तर्गत कार्यालय परिसर, शौचालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, क्यान्टिन, भान्साघर तथा फोहर व्यवस्थापन लगायतका क्षेत्रको सरसफाइलाई प्राथमिकता दिइनेछ। साथै सेवाग्राही अनुभव सुधार र संस्थागत दिगोपनमा समेत विशेष ध्यान दिइने सरकारको तयारी छ ।

सरकारले सार्वजनिक निकायमा सरसफाइ संस्कृतिको विकास गर्दै नागरिकलाई स्वच्छ वातावरण उपलब्ध गराउने लक्ष्यसहित यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार