एजेन्सी
संयुक्त अरब इमिरेट्स United Arab Emirates को तट नजिकै समुद्री क्षेत्रमा शक्तिशाली विस्फोट भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ। विस्फोट करिब ५२ किलोमिटर टाढा समुद्रमा भएको बताइएको छ ।
घटनास्थल नजिकै अमेरिकी सैन्य जहाजहरूको उपस्थिति रहेको भनिए पनि विस्फोटको वास्तविक कारण र उद्देश्यबारे आधिकारिक पुष्टि भएको छैन। यस घटनाले संवेदनशील समुद्री मार्ग हर्मुज जलसन्धि क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।
विस्फोटबाट भएको सम्भावित क्षति र संलग्न पक्षबारे विस्तृत विवरण आउन बाँकी छ। अहिले सम्बन्धित निकायहरूले घटनाको अनुसन्धान र जानकारी संकलन जारी राखेका छन् ।

