https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, बैशाख २५ गते ।
सर्लाहीको बरहथवा नगरपालिकाले संस्थागत विद्यालयहरूमा पाठ्यपुस्तक प्रयोगसम्बन्धी कडाइ गर्दै अबदेखि सरकारी स्वीकृत पुस्तक मात्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामार्फत यो व्यवस्था लागू गरिएको हो ।

नगरपालिकाका अनुसार केही विद्यालयले आवश्यकताभन्दा बढी पुस्तक प्रयोग गराउने, महँगो प्रकाशनका सामग्री लागू गर्ने तथा पटक–पटक पाठ्यपुस्तक परिवर्तन गर्ने अभ्यास गर्दै आएको गुनासोपछि यस्तो निर्णय गरिएको हो।
यसले अभिभावकमा आर्थिक बोझ बढ्नुका साथै विद्यार्थीको सिकाइ र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव परेको भन्दै नियन्त्रण आवश्यक भएको नगरपालिकाले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई मलंगवाको निर्देशनलाई आधार मानेर गरिएको यस निर्णयअनुसार अब सबै संस्थागत विद्यालयले अनिवार्य रूपमा सरकारी स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्नेछ ।

निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि कानुनअनुसार कारबाही हुने चेतावनीसमेत नगरपालिकाले दिएको छ। यस कदमले शिक्षण प्रणालीलाई एकरूपता दिन र अभिभावकको आर्थिक भार घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार