https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, बैशाख २५ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्दै सुशासन र जवाफदेहिता मजबुत बनाउन देशभरका स्वास्थ्य संस्थामा अनुगमन अभियानलाई तीव्र पारेको छ ।

गुणस्तर मापन तथा नियमन महाशाखामार्फत डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरी सरकारी तथा निजी अस्पतालहरूको नियमित निरीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

यसै क्रममा बिना पूर्वसूचना कान्ति बाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ। अनुगमनमा सेवा प्रवाह, मापदण्ड पालन र व्यवस्थापन पक्षको अवस्थाबारे मूल्याङ्कन गरिएको बताइएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य मापदण्ड उल्लंघन वा लापरबाही भेटिएमा सम्बन्धित जिम्मेवार पक्षमाथि कानुनी कारबाही अघि बढाइनेछ। हाल प्रारम्भिक चरणमा सुधारका लागि सचेत गराउने कार्य भए पनि अब नियमन थप कडाइका साथ लागू गरिने बताइएको छ ।

स्वास्थ्य संस्थासँगै फार्मेसी तथा अन्य सेवा केन्द्रहरूमा समेत अनुगमन विस्तार गर्ने तयारी गरिएको छ। यस अभियानले स्वास्थ्य प्रणालीलाई अझ पारदर्शी बनाउँदै नागरिकलाई सुरक्षित र गुणस्तरीय उपचार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार