https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २६ गते ।
महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरमा रामजानकी रजखोर युवा क्लबको कार्यालय उद्घाटन गरिएको छ। कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महतो प्रमुख अतिथि रहेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले युवाहरूको सक्रियतालाई सकारात्मक कदम भन्दै यस्तो सामाजिक कार्य नगरको विकास र समुदाय सशक्तिकरणका लागि उदाहरणीय हुने बताए। उनले आवश्यक सहयोग नगरपालिकाले गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

क्लबका अध्यक्ष नरेश शाहका अनुसार संस्थाको मुख्य उद्देश्य आगामी दिनमा वृद्धाश्रम सञ्चालन गर्नु रहेको छ। समाजसेवामुखी कार्यमार्फत समुदायमा सहयोग र सहानुभूतिको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष नवीन शाह, पूर्व वडा अध्यक्ष रामबाबु शाह, क्लबका पदाधिकारी, सञ्चारकर्मी, राजनीतिकर्मी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार