https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २६ गते ।
महोत्तरीको जलेश्वर नगरपालिकाले सञ्चालन गरेको ७५ दिने ‘मेयर लोक सेवा कक्षा’ सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय युवाहरूलाई निजामती सेवा तयारीमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले उल्लेखनीय सहभागिता पाएको नगरपालिकाले जनाएको छ ।

फागुन ५ गतेदेखि सुरु भएको कक्षा वैशाख २४ गतेसम्म सञ्चालन भएको थियो, जसमा ७५ जना प्रशिक्षार्थी सहभागी भएका थिए। प्रशिक्षण अवधिभर लोक सेवा परीक्षासम्बन्धी आवश्यक पुस्तक, स्टेशनरी सामग्री तथा नियमित नमुना परीक्षा निःशुल्क उपलब्ध गराइएको थियो ।

समापन अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। कार्यक्रममा वक्ताहरूले यस्तो पहलले स्थानीय युवालाई सरकारी सेवामा प्रवेशका लागि आवश्यक मार्गदर्शन र आत्मविश्वास प्रदान गरेको धारणा व्यक्त गरे ।

सहभागीहरूले नगरपालिकाको प्रयासको सराहना गर्दै आगामी दिनमा खरिदार तहको तयारीका लागि समेत यस्तै विशेष कक्षा सञ्चालन गर्न माग गरेका छन् ।

नगरपालिकाका अनुसार यस कार्यक्रमले युवा सशक्तीकरण, प्रतिस्पर्धी क्षमता विकास तथा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार