https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, बैशाख २७ गते ।
सुनसरीको दुहबी क्षेत्रमा प्रहरीले भन्सार छली गरेर ल्याइएको लत्ताकपडा तथा कस्मेटिक सामग्री बरामद गरेको छ ।

दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गमा नियमित जाँचका क्रममा विराटनगरबाट दुहबीतर्फ जाँदै गरेको यात्रुवाहक म्याजिक भ्यानबाट अवैध रूपमा ल्याइएका सामान फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दुहबीको टोलीले जाँच गर्दा बिलबिजक नभएका करिब तीन लाख पाँच हजारभन्दा बढी मूल्य बराबरका कपडा तथा कस्मेटिक सामग्री बरामद गरेको हो ।

बरामद गरिएका सामान नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि निगरानी र जाँचलाई अझ कडाइका साथ जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार