काठमाडौं: संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशनका रूपमा चिनिने यस सत्रको पहिलो बैठक दिउँसो ४ बजे बस्नेछ ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता, विकास योजना र बजेटको आधार तय गर्ने नीति तथा कार्यक्रम पेस गर्नेछन् ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । यसअघि स्थगित गरिएको संसद् बैठक पुनः सञ्चालनमा आउन लागेको हो ।
सरकारले यसपटक नीति तथा कार्यक्रम निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन डिजिटल माध्यमबाट सुझाव संकलनलाई प्राथमिकता दिएको जनाएको छ ।
संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल तथा प्रि–बजेट बहस गरिनेछ ।

